![]()
एजेन्सी । भारतीय नायिका कंगना रनावतले हालै एक टेलिभिजन कार्यक्रममा दिएको अन्तर्वार्ताले पूरै बलिउड तात्तिएको । कार्यक्रममा उनले अभिनेता ऋतिक रोशन र आदित्य पन्चोलीका थुप्रै पोल खोलेकी थिइन ।
अन्तर्वार्तामा उनले आदित्यले आफूलाई घरमै आफूलाई कैद गरेकोदेखि लिएर ऋतिकले आफ्नो इमेल ह्याक गरेको कुरा खुलेर बताएकी थिइन । साथै ऋतिकले आफूलाई प्रेममा धोका दिएको समेत उनले बताएकी थिइन ।
कंगनाका यी टिप्पणीबारे आदित्य पञ्चोलीका छोरा सुरजले मुख खोलेको भारतीय समाचारमाध्यमले जनाएका छन् । ‘म सायद १४–१५ वर्षको मात्रै थिएँ । मलाई उहाँहरुबीचका सबै कुरा थाहा छैन,’ सुरजले भनेका छन, ‘मेरी आमालाई भने सबै थाहा छ । किनकि, यो सम्बन्धले हाम्रो घर बिगारेको थियो ।’
यता ऋतिकले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । ऋतिकका कानूनी सल्लाहकारहरुले कंगनाका टिप्पणी र आरोपमा कुनै प्रतिक्रिया नदिन सुझाव दिएकाले उनी मौन बसेको बताइएको छ ।
ऋतिककी पूर्वपत्नी सुजैनले भने ट्वीट गर्दै आफ्ना पतिको समर्थन गर्दै सांकेतिक रुपमा कंगनाका आरोपमा प्रतिक्रिया दिएकी छन् ।


