![]()
काठमाडौं । लोकसेवा आयोगले यस वर्षका लागि नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन दिएसँगै आयोगले आइतबारबाट काम अघि बढाएको हो ।
आयोगले आइतबार सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दी पठाउनका लागि पत्र काटिसकेको छ । समितिको निर्देशन अनुसार नयाँ भर्ना प्रक्रियाका लागि काम सुरु गरिसकेको आयोगले पुष्टि गरेको छ ।
रिक्त दरबन्दी आए पनि क्रमशः पूर्व कार्यतालिकानुसार नै विज्ञापन, परीक्षा र परीक्षाफल प्रकाशन गरिने आयोगले जनाएको छ ।
यसअघि समितिले एक वर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो । आयोगले असोज अन्तिम साता सहसचिव, कार्तिक अन्तिम साता उपसचिव, मंसिर अन्तिम साता अधिकृत र पुस अन्तिम साता नासुको विज्ञापन गर्ने तयारी गरेको छ ।


