![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री देउवाले तीन मन्त्री र एक राज्यमन्त्री थप्नु भएको हो । राप्रपाले संसदीय दलका नेता दिपक बोहोराको नेतृत्वमा पठाएका तीन मन्त्री र एक राज्यमन्त्री मन्त्रिमण्डलमा थपिएका हुन ।
राप्रपा प्रजातान्त्रिकबाट बोहोरा विज्ञान, विक्रम पाण्डे वन र सुनिलबहादुर थापा उद्योगमन्त्री बन्नु हुनेछ । रेशम लामाले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाउने हुनु भएको छ । थपिएका मन्त्रीहरुको सपथ भने सोमबार मात्रै हुनेछ ।
मन्त्रिपरिषद् विस्तारसँगै देउवा सरकार ५४ सदस्यीय भएको छ ।


