Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रधानमन्त्री तराई झर्दै, यस्तो छ मधेश कार्यक्रम

Loading

काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तराईं जानु हुने भएको छ । प्रधानमन्त्रीको हैसियतले निर्वाचन तयारीको अवस्था बुझन र कांग्रेस सभापतिको हैसियतले आफनो पार्र्टीका पक्षमा मत माग्न उहाँ प्रदेश नम्बर २ मा जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवासंग पार्टीका शीर्ष नेता तथा मन्त्रीहरु मधेस जाने भएका हुन । देउवासहितका नेताहरु भदौ २७ देखि ३० गतेसम्म मधेसका विभिन्न जिल्लाहरुमा आयोजित चुनावी सभाहरुमा सहभागि हुने कांग्रेस प्रचारप्रसार समितिले जनाएको छ ।

प्रधानमन्त्री सहभागी हुने कार्यक्रम

  • भदौ २७ गते सप्तरीको राजविराज र सिरहाको जिरो माइलमा आयोजित आमसभामा सहभागी हुने ।
  • भदौ २८ गते धनुषाको जनकपुर र महोत्तरीको बर्दिवासमा आयोजित सभामा सहभागी हुने ।
  • भदौ २९ गते सर्लाहीको मलंगवा र रौतहटको गौर जाने ।
  • भदौ ३० गते वाराको कलैया र पर्साको विरगंजको आमसभामा सहभागी हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed