Breaking News.... EverestOnlineKhabar
June 5, 2026

बोहोरा नेतृत्वमा राप्रपा प्रजातान्त्रिक सरकारमा जाने

Loading

काठमाडौ,२५ भदौ ।
नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका दीपक बोहोराको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौंपटक मन्त्रिपरिषद विस्तार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विभाजित भएर बनेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउन लागेका हुन् । स्रोतका अनुसार मन्त्रालयमा कुरा मिले आइतबार राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी हुनेछ ।
राप्रपा प्रजातान्त्रिक राप्रपाबाट विभाजित भएको एक महिना पुगेको छ । सो दलले चार मन्त्री, चार राज्यमन्त्री र २ सहायक मन्त्री मागेको छ । तर प्रधानमन्त्री देउवा तीनवटा मन्त्रालय मात्रै दिने पक्षमा छन् । बालुवाटार स्रोतले यसअघि नै जम्बो भनेर आलोचित मन्त्रिपरिषद्मा अब राज्य वा सहायकमन्त्री थप्ने पक्षमा देउवा नभएको बताएको छ । अहिले मन्त्रिपरिषद् ५० सदस्यीय छ ।
बोहोराका अतिरिक्त सुनिलबहादुर थापा, विक्रम पाण्डे, रामकुमार सुब्बालाई मन्त्री बनाउने तयारी भएको पार्टी स्रोतले जनाएको छ । त्यसैगरी विराजविक्रम बिष्ट, रेशम लामा, रमेश लामा, कमला शर्मा, बबिना मोक्तान, सइन्द्र वान्तवा, इस्तियाक अहमद खान मध्येबाट राज्यमन्त्री र सहायकमन्त्री बनाउनुपर्ने दबाब राप्रपा प्रजातान्त्रिक भित्रबाट आएको छ ।
वन तथा भूसंरक्षण, उद्योग, शान्ति तथा पुनर्निर्माण, विज्ञान तथा प्रविधि मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन् । तर राप्रपाले शक्तिशाली मन्त्रालय खोज्दा सरकारमा सहभागीता विषयमा लम्बिएको छ । राप्रपा प्रजातान्त्रिकले आपूर्तिसहितका मन्त्रालय खोजेको छ । यसअघि बोहोरा आपूर्ति मन्त्री हुँदा सुुरु भएको निगमको जग्गा खरिद प्रक्रियाले अहिले ठूलो विवादको रुप लिएको छ । यस विषयमा संसदका समितिहरूले छानबिन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed