Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौं । अन्ततः सरकार र यातायात व्यवसायीबीच कुरा मिलेपछि आउँदो मंगलबारबाट दशैंको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । लामो दूरी र मध्यम दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले झिटी गुण्टा राख्न पाउने सहमति भएपछि मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको हो ।

यसअघि भदौं २२ गतेदेखि खोल्ने मौखिक सहमति भएपनि झिटी गुण्टा राख्ने बिषयमा सहमति हुन सकेको थिएन ।
शनिबार बसेको मन्त्रालयस्तरीय र विभागस्तरीय बैठकपछि सरकारी टोली र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच तीन बुँदे सहमति भएको छ । शनिबार नै भौतिक योजना मन्त्री वीरबहादुर बलायर र राज्यमन्त्री सीता गुरुङको उपस्थितिमा मन्त्रालयमा यातायात व्यवसायी र सरकारी टोलीबीच लामो छलफल भएको थियो ।

यो निर्णयसँगै यात्रुले कलंकी, गौशाला, नयाँ बसपार्क, सुनधारालगायतका स्थानबाट घर जान अग्रिम टिकट काट्न पाउने भएका छन् । यात्रुको झिटी गुण्टाबाहेक व्यापारिक प्रयोजनका सामाग्री र यात्रुलाई राखेको अवस्थामा उक्त सवारी साधनको सञ्चालन सम्बन्धी इजाजतपत्र नै खारेज गर्ने बिषयमा पनि सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed