Breaking News.... EverestOnlineKhabar
June 5, 2026

चन्द र बाबुरामलाई धक्का, जिल्ला पार्टी कमिटी माओवादी केन्द्रमा बिलय

Loading

भक्तपुर । एकपछि अर्को गरी डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीलाइ धक्का लाग्न थालेको छ । पार्टीका प्रभावशाली नेता एकपछि अर्को गर्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा जानेक्रम रोकिएको छैन । शनिवार मात्रै दुवै नयाँ शक्ति र बिप्लव नेतृत्वको पार्टीको भक्तपुर जिल्ला पार्टी कमिटी नेकपा माओवादी केन्द्रमा विलय भएको छ ।

भक्तपुरको सूर्यबिनायकमा आयोजित वृहत बैचारिक राजनीतिक धुव्रिकण कार्यक्रममा यी दुई पार्टीका जिल्ला अध्यक्ष सहतिको समूह माओवादी केन्द्रमा समाहित भएका हुन् ।

नयाँ शक्ति नेपाल पार्टीका जिल्ला संयोजक ओम वाग्लेको नेतृत्वमा कार्य समिति र केन्द्रीय परिषदका केहि सदस्य गरी ६२ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

त्यसैगरि नेकपा (माओवादी) विप्लव नेतृत्वको जिल्ला पार्टी कमिटी अध्यक्ष युवराज आर्चायको नेतृत्वमा ७२ जनाले पार्टी प्रवेश गरेका छन ।

कार्यक्रमा बोल्दै माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा ‘बादल’ले वैचारिक धुव्रिकरण अहिलेको आवश्यकता भएको बताए । नेता पासङ्ग शेर्पाले नेकपा एमाले नाम मात्रैको कम्युनिष्ट भएको र डाक्टर बाबुराम भट्टराई र नयाँ शक्ति पार्टी प्रतिगमनकारी र राजावादीको घेरामा रहेकोले मुलुकको हित गर्न नसक्ने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed