Breaking News.... EverestOnlineKhabar
June 5, 2026

बिनाशकारी आँधी ‘इर्मा’ क्युवा प्रवेश, अमेरिकाको फ्लोरिडामा सतर्कता

Loading

बिबिसि । क्यारिबियन क्षेत्रमा ठूलो क्षति निम्त्याएको शक्तिशाली आँधी इर्मा अहिले बाहामस र उत्तरी क्युबा भएर अघि बढिरहेको छ । इर्मा आँधीबाट प्रभावित केही टापुहरुमा शनिवार अर्को शक्तिशाली आँधी होजे आउने अनुमान गरिएको थियो । आँधीले ठूलो क्षति र्पुयाएको बारब्युडा टापुबाट मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम सकिएको बिबिसिले उल्लेख गरेको छ । उक्त टापु छाड्ने चाहनेहरुलाई डुङ्गा अथवा हवाईजहाजबाट छिमेकी एन्टिगुआ र्पुयाइएको छ ।

आँधीले क्यारेबियन क्षेत्र सबै तहसनहस भएको छ । घरहरुमा व्यापक क्षति पुगेको छ । बिबिसिका अनुसार त्यहाँका मानिसहरु भोको र निकै थकित भएका छन ।

आँधीका कारण अमेरिकाको पुएर्टो रिकोका आधाभन्दा बढी घरहरुमा बिजुली आपूर्ति बन्द भएको छ । आँधी अमेरिकी मूल भूभागमा पुग्न लाग्दा फ्लोरिडा राज्यका गर्भनरले मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने समय कम हुँदै गएको चेतावनी दिएका छन् । यो आँधी शनिवार अमेरिकी मूल भूभागमा प्रवेश गर्ने अनुमान गरिएको छ । दुई करोड जनसंख्या रहेको फ्लोरिडाका करिब १० लाख मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिएको छ । गभर्नर रिक स्कटले सबै मानिसहरु नै सुरक्षित स्थानतर्फ जानका निम्ति तयार हुनुपर्ने बताएका छन् । उनले सुरक्षित स्थानमा अनिवार्य रुपमा सर्नका निम्ति थप आदेश दिन सकिने समेत बताए ।

फ्लोरिडाका मानिसहरु उत्तरतर्फ बढिरहेका बेला ठूलो ट्राफिक जाम भएको छ भने राज्यमा पेट्रोलको अभाव देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed