Breaking News.... EverestOnlineKhabar
June 5, 2026

उपप्रधानमन्त्री महरा र चिनियाँ प्रधानमन्त्री ली बीच भेटवार्ता, चीनले नेपालमा लगानी बढाउने

Loading

एजेन्सी । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली ख छ्याङसँग भेटवार्ता गर्नुभएको छ । बेइजिङस्थित प्रधानमन्त्री कार्यालय चोङ नान हाईमा भएको भेटमा दुई देशबीचको कुटनीतिक तथा ब्यापारिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा चीनले संचालन गरेको वाल वेल्ट वान रोड परियोजना, बिगतमा भएका यातायात तथा पारवाहन सम्झौताको कार्यान्वयन र नेपालमा भैरहेको निर्वाचनका विषयमा पनि छलफल भएको बुझिएको छ । उपप्रधानमन्त्री महराले तातोपानी नाका खुलाउने विषयमा मुख्यतः जोड दिएको थाहा भएको छ ।

चिनियाँ समकक्षीसँगको भेटपछि महराले चिनियाँ राज्य परिषद सदस्य याङ चे छसँग भेट गर्नुभएको थियो । भेटमा याङले चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै नेपालको पूर्वाधार विकासमा चिनियाँ सहयोग र लगानी वृद्धि हुने बताएका थिए ।

महराको भ्रमणका दौरान नेपालको उर्जा मन्त्रालय र चिनियाँ राष्ट्रिय उर्जाबीच उर्जा उत्पादन, अन्तरदेशीय ट्रासमिसन ग्रिड लाइन विस्तार र उर्जा उत्पादनमा दुई देशबीचमा विशेष संयन्त्र स्थापना गर्ने लगायतका विषयमा सम्झौता पनि भएको छ ।

महराले शुक्रबार अपरान्ह चिनियिाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका मन्त्री शोङ थाउसँग भेट गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed