![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका बरिष्ठ नेता माधवकुृमार नेपालले कांग्रेस नेता बिमलेन्द्र निधिलाई कुटनीति सिक्न सुझाव दिनुभएको छ ।
अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले आफूले उत्तर कोरिया भ्रमण गर्दा कार्यवाहक सभापतिको हैसितमा निधिले अन्टसन्ट अभिव्यक्ति दिएकोमा उहाँले आपत्ती जनाउनुभयो ।
नेता नेपालले सरकारलाई जानकारी दिएरै आफू उत्तर कोरिया गएको दावी गर्नुभयो । निधि जस्तो मन्त्री भइसकेको मान्छेले नबुझी प्रतिक्रिया दिनु राम्रो नहुने भन्दै चेतावनी समेत दिनुभयो ।
नेपाल र उत्तर कोरियाबीच कुनै दुश्मनी नभएको कुरा निधिले बुझनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म सरकारलाई जानकारी दिएरै गएको हो, परराष्ट्र मन्त्रालयले केहि भनेको छैन । के उत्तर कोरिया नेपालको दूश्मन राष्ट्र हो ?’


