Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौं । अहिले सबैभन्दा बढी आलोचित पात्र मध्ये काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य पनि एक हुन । आफूले कार्यभार सम्हालेको एक सय दिन भित्र काठमाडौंलाई संसारकै उत्कृष्ट शहर बनाउँछु भन्ने उद्घोष गरेका शाक्यले सिन्को पनि भाँच्न नसकेको सर्वसाधारणको आरोप छ । उनै मेयर शाक्यले बिहीबार पत्रकार सम्मेलन गरी आफूले आफनो प्रतिबद्धता अनुसार नै काम गरिरहेको दावी गरे ।
मेयर शाक्यले सम्बोधन गरेका विषयका केही मुख्य अंश यस्ता छन :

-चुनावका बेला गरिएका प्रतिबद्धता अनुसार केही काम गरिसकेका छौँ । केही चालु अवस्थामा छन्। केही नीतिगत रुपमा अगाडि बढाइएको छ।
-निर्वाचनका समयमा गरिएका प्रतिबद्धता पूरा गर्न हामी प्रतिबद्ध छौँ,
-क्लिन सिटी, सरसफाई एक हजार क्विन्टल बढी फोहोर उठ्यो,
-ग्रिन सिटीका लागि हजार रुख रोपिएको छ,
-सोलार जडान गरिएको छ,
-जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परीक्षण, ७५ वर्ष पुगेका महिला र पुरुषलाई सेवा, जेष्ठ नागरिकलाई प्रत्येक वडामा विश्राम स्थल निर्माणको काम भइरहेको छ,
-काठमाडौंको पहिचान नेपाल भाषामा काठमाडौंका प्रत्येक वडा कार्यालयमा काम सुरु भएको छ,
-अपांगता व्यक्तिको विकासका लागि भौतिक संरचना अपांगतामैत्री बनाउने काम भइरहेको छ,
-फोहोरबाट बिजुली उत्पादनको काम सुरु भएको छ,
-सार्वजनिक यातायातका साधन वृद्धि गरिएको छ, मनोरोल, मेट्रोरेल नआएसम्म अन्य सवारीको विकल्प छैन,
-महानगरपालिकाका सम्पूर्ण कार्यालयलाई भ्रष्टाचार मुक्त बनाउन प्रत्येक वडा कार्यालयमा सिसी क्यामेरा जडानको काम सुरु भएको छ,
-सडक, ढल, यातायातलगायत साझा विषयलाई व्यवस्थापन गर्न अन्य निकायसँग समन्वय भइरहेको छ,
-भूकम्पबाट क्षति भएका व्यक्तिका लागि सोही स्थानमा घर बनाउदा नक्सा पासमा निशुल्क गरिदिने,
-बाढीपीडितको उद्धारका लागि सहयोग,
-शारीरिक असक्तता भएका व्यक्तिलाई सिपमुलक तालिम,
-एतिहासिक सम्पदा निर्माण र मर्मत सम्भारको काम भइरहेको छ, केही सम्पन्न भएको छ,
-सार्वजनिक जग्गा संरक्षण भइसकेका छन्,
-प्रत्येक वडामा बाल क्लब स्थापना गर्न सुरु,
-काठमाडौंका अव्यवस्थित बगैँचालाई व्यवस्थित बनाइदै,
-काठमाडौँका विभिन्न स्थानमा ढल निर्माण हुँदै,
-काठमाडौंका सडकमा पिच, ढलान र ग्राभेल भइसकेको छ,
-सडकपेटीमा यात्रुलाई सहज बनाउन फुटपाथ हटाउने काम भइरहेको छ,
-निर्वाचनका प्रतिबद्धता कतिपय कार्यान्वयन भए भने कतिपय कार्यान्वयनको चरणमा छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed