![]()
भारत । करिब ४ बर्षअघि सन् १९९३ को १२ मार्चमा भारतको मुम्बईमा भएको श्रृंखलाबद्ध बमकाण्डका दोषी अबू सलेम र करीमउल्ला शेखलाई विशेष टाडा अदालतले जन्मकैदको फैसला सुनाएको छ । दुवैमाथि २–२ लाखको जरिवाना पनि तोकिएको छ ।
सलेमले बिष्फोट गराउन १ सयवटा ग्रिनेड मुम्बई ल्याएको पुष्टि भएको थियो । सलेमले सन् १९९३ मा गुजरातको भरुचबाट ९ वटा एके ५६ राइफल र १ सय ह्याण्ड ग्रिनेड लिएर मुम्बाई ल्याएका थिए । यो भ्यान रियाज सिद्धकीले उपलब्ध गराएका थिए । यो भ्यान त्यसपछि सञ्जय दत्तको घरमा पुगेको थियो जहाँ दुई एके ५६ राइफल र २५० गोली राखिएको थियो ।
यो मुद्दामा गत जुन १६ मा अबू सलेमसहित करीमउल्ला शेख, रियाज शेख, फिरोज अब्दुल राशिद खान, ताहिर मर्चेन्ट र मुस्तफा दौसालाई दोषी करार गरेको थियो । यसमध्ये मुस्तफा दौसाको जुन २८ मा मृत्यु भइसकेको छ ।
अदालतले ताहिर मर्चेन्ट र फिरोज खानलाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् १९९३ को १२ मार्चमा मुम्बाईको विभिन्न स्थानमा १२ वटा बम विस्फोट भएको थियो । घटनामा २५७ जनाको मृत्यु भएको थियो भने ७ सयभन्दा बढी घाइते भएका थिए ।
दाउद इब्राहिमले बाबरी मस्जिद भत्काएको बदलामा बम हमला गराएको बताइन्छ ।


