![]()
काठमाडौं । चर्चित तथा लोकप्रिय गायिका अन्जु पन्तको यही भदौ २४ गते शनिवार काठमाडौं राष्ट्रिय नाचघरमा एकल साँझ हुँदैछ । गायिक पन्त आफनो पहिलो एकल साँझको अन्तिम तयारीमा जुटेकी छन् ।
अन्जु पन्त फाउन्डेसनको आयोजनामा हुने साँझ अपरान्ह ४ बजेबाट सुरु हुने छ । कार्यक्रममा उनले आफ्ना लोकप्रिय आधा दर्जन गीत प्रस्तुत गर्नेछिन । कार्यक्रममा उनलाई २७ जना वाद्यवादकले साथ दिनेछन् । एकल साँझका लागि उनी अभ्यासमा जुटिसकेकी छिन ।
आफनो दुई दशक लामो सांगीतिक यात्रामा पहिलोपटक उनी एकल साँझमा प्रस्तुत हुन लागेकी हुन । आफना पुराना चलेका गीतदेखि पछिल्लो समय चलेका लोकप्रिय गीतलाई कार्यक्रममा स्थान दिने उनले बताइन ।
एकल साँझबाट उठेको रकम परोपकारी काममा खर्च गर्ने उनको योजना छ ।


