![]()
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले निर्वाचन सम्बन्धी दुइवटा बिधेयक प्रमाणिकरण गर्नुभएको छ ।
व्यवस्थापिका संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका दुई विधेयक राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन विधेयक, २०७४ प्रमाणीकरण गर्नुभएको हो ।
बिधेयक प्रमाणिकरण भएसंगै अब कानूनका रुपमा लागु भएको छ । यसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक कानूनको आवश्यकता पनि पूर्ती गरेको छ ।


