Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौ,२२ भदौ ।
‘निजामती कर्मचारीको प्रतिवद्धताः पारदर्शिता र चुस्तता’ भन्ने नाराका साथ आज १४ औं निजामती सेवा दिवस मनाईंदैछ । नेपालमा वि.सं २०१३ सालमा सालमा निजामती सेवा सुरु भएपनि दिन मनाउन थालिएको १३ वर्ष पूरा भएको हो । निजामती सेवा ऐन, २०४९ लागु भएको छ । तर हरेक वर्ष दिवस मनाउँदै आएपनि निजामती सेवा परिणाममुखी र जनमुखी बन्न नसकेको सेवाग्राहीको गुनासो छ । दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा प्रभावकारिता, राज्यका तीन वटै तहमा सेवा प्रवाहको सुनिश्चितता र नागरिकप्रतिको जवाफदेहिता बढाउन आग्रह गर्नुभएको छ ।
यस्तै सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले शुभकामना सन्देशमा संघीयता कायान्वयनमा निजामती कर्मचारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सिंहदरबारको अधिकार गाउँ–नगरमा पुर्‍याउन सहयोग गर्न आग्रह गर्नुभएको छ । यसैगरी मन्त्रालयका राज्यमन्त्री ओङदी शेर्पाले निजामती कर्मचारीले आफूलाई नागरिक मैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । यस्तै सरकारले दिवसको अवसरमा यो वर्ष उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई निजामती सेवा पुरस्कार दिँदैछ ।

उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुई लाख राशिको‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ भने यो वर्ष कसैलाई पनि दिइँदैन । सर्वोत्कृष्टका लागि नाम आए पनि उपयुक्त नठानिएकाले नदिइएको मन्त्रालय श्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed