Breaking News.... EverestOnlineKhabar
June 4, 2026

इम्बोस्ड नम्बरमा विकास समितिको अंकुश, महङ्गो कम्पनी छान्नुको कारण सात दिन भित्र पेश गर्न सरकारलाई निर्देशन

Loading

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले सबैभन्दा कम लगानीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कम्पनी छनौट नगर्नुको कारण ७ दिन भित्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले आवेदन दिएका ४ वटा कम्पनीमध्ये सबैभन्दा न्यून रकम २९ मिलियन डलर प्रस्ताव गर्ने कम्पनीलाई छनौट नगर्नुको कारण पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

सरकारले बंगलादेशको कम्पनी डेकाटुर टाईगर कोअपरेशन र अमेरिकन संयुक्त कम्पनीलाई ४० मिलियन डलरमा इम्बोष्ट नम्बर प्लेट राख्न छनौट गरेकोमा समितिले आपत्ती जनाएको छ । समितिले स्पष्टीकरणमा सार्वजनिक खरिद ऐन, नियमावलीसँग कम्पनी छनौटको तादात्म्यता समेत खुलाउन पनि निर्देशन दिएको छ ।

समितिले सवारी साधनका लागि नम्बर प्लेट वितरण गर्ने कार्य अंचलगत आधारमा नभई प्रदेशगत आधारमा गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बीरबहादुर बलायरले इम्बोष्ट नम्बर प्लेट राख्न कम्पनी छनौट भईसकेकाले यसलाई मानेर अघि बढनुको विकल्प नभएको बताएका थिए ।

इम्बोइस्ड नम्बर अङ्ग्रेजी भाषामा राखिएकोमा समिति सदस्यहरुले आक्रोश व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed