Breaking News.... EverestOnlineKhabar
June 4, 2026

बिश्वकप छनोट खेलमा ब्राजिल कोलम्बियासंग बराबरीमा रोकियो

Loading

काठमाडौं ।  रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाइसकेको ब्राजिल दक्षिण अमेरिकी क्षेत्रको छनोटमा बराबरीमा रोकिएको छ । अर्को बर्ष रुसमा हुने विश्वकपको छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल कोलम्बियासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

कोलम्बियाको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो । खेलको ४५ औं मिनेटमा विलियनले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।   खेलको दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो ।  ५६ औं मिनेटमा राडमेल फाल्काओले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

यो बराबरीपछि दक्षिण अमेरिकी क्षेत्रको छनौटको शिर्ष स्थानमा रहेको ब्राजिलले १६ खेलबाट ३७ अंक जोडेको छ । ब्राजिलले विश्वकप २०१८ को छनौट अन्तर्गत अहिलेसम्म भएका १५ खेलमा १० खेल जितेको छ भने ४ खेलमा बराबरी र एक खेलमा पराजित भएको छ । यस क्षेत्रको छनोटमा कोलम्बिया दोस्रो स्थानमा रहेको छ  ।

कोलम्बियाले २६ अंक जोडेको छ । यस क्षेत्रबाट शीर्ष चारमा पर्ने टिम विश्वकपका लागि सोझै छनौट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed