![]()
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गरेको छ । एक महिना अघि दिएको सम्बन्धन बिश्वबिद्यालय कार्यकारी परिषद्को बैठकले खारेज गरेको हो ।
परिषद्ले गठन गरेको ३ सदस्यीय पूर्वाधार निरीक्षण समितिको प्रतिवेदनको आधारमा सम्बन्धन गरिएको हो । कलेज स्वास्थ्य मन्त्रालयको स्वीकृतिबिना सञ्चालन भएको समितिको ठहर छ ।
कलेजको सम्बन्धन खारेज गर्न प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दबाब दिँदै आउनु भएको थियो ।


