Breaking News.... EverestOnlineKhabar
June 4, 2026

उम्मेदवारी दर्ता उत्साहपूर्ण, सिरहामा खुकुरी हानाहान

Loading

सप्तरी । अशोज २ गते प्रदेश नम्बर २ का आठवटै जिल्लामा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम उत्साहजनक रुपमा भैरहेको छ । आठवटै जिल्लाका १३६ वटा स्थानीय तहका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्य धुमधामकासाथै भैरहेको छ ।

बिहान १० बजेदेखि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका कार्यकता तथा उम्मेदवारको सहयोगी र समर्थकको बाक्लो उपस्थितिमा उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्णरुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारी दर्ता गराउन फारम लिने र दर्ता गर्नेको निर्वाचन अधिकृतको कार्यालयअगाडि बिहानदेखि नै भीड लागेको छ । राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ताका लागि फारम लैजाने र मनोनयन दर्ता गराउने कार्य सुचारु ढङ्गबाट भइरहेको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय तोकिएको हो । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ । निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधि चयन हुनेछन ।

सिरहामा खुकुरी हानाहान

उम्मेदवार छनौटको विवाद चर्किएपछि नेपाली कांगे्रसको जिल्ला पार्टी कार्यालय सिरहामा खुकुरी हानाहान भएको छ । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको हो । झडपमा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता घाइते छन् ।

घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed