![]()
बिबिसि । भष्ट्राचारको आरोपमा ब्राजिलका पूर्वराष्ट्रपतिहरु लुइज इनासियो लुला दा सिल्भा र डिल्मा रुसेफविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
राज्यले सञ्चालन गर्दै आएको तेल कम्पनीको रकम हिनामिना गर्नका लागि आपराधिक संगठन खोलेको आरोपमा उनीहरुमाथि मुद्दा लगाइएको हो । पूर्व राष्ट्रपतिहरु लुला, रुसेफ तथा वर्कर्स पार्टीका ६ जना नेताले आरोपित संस्थामा संलग्न रही सन् २००२ देखि २०१६ सम्ममा श्रृंखलाबद्ध रुपमा अपराध गरेको सरकारी वकिलको दाबी छ ।
पूर्व राष्ट्रपति लुला सो संस्थाको प्रमुख रहेका बेला सत्तारुढ वर्कर्स पार्टीले ४८ करोड डलर घुस लिएको आरोप छ । ब्राजिलका प्रसिद्ध नेता लुला सन् २०१८ मा हुने राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रने तयारीमा थिए । उनीविरुद्ध भ्रष्टाचारका विभिन्न ५ वटा मुद्दा चलिरहेको बीबीसीले उल्लेख गरेको छ ।
पूर्व राष्ट्रपतिहरु लुला र रुसेफका वकिलले भने बिना प्रमाण मुुद्दा दायर गरेको आरोप लगाएका छन् ।


