Breaking News.... EverestOnlineKhabar
June 4, 2026

बुद्धबीर लामाको सातौं गीतिमय साँझ भव्यतापूर्वक सम्पन्न, लामालाई कम्तिमा एक हजार लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय निर्माणका गीत लेख्न पूर्व प्रधानमन्त्री खनालको सुझाव

Loading

काठमाडौं । वरिष्ठ गीतकार बुद्धबीर लामाको सातौं गीतिमय साँझ काठमाडौंमा भव्यतापूर्वक सम्पन्न भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले शुभकामना दिंदै नेपाली गीत, संगितको क्षेत्रमा लामाले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले लामालाई लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय निर्माण र समाजिक विकासका विषयमा अझ बढी कलम चलाउन सुझाव पनि दिनुभयो । गीतकार लामालाई प्रोत्साहित गर्दै नेता खनालले कम्तिमा एक हजार गीत समाजिक जागरण र लोकतान्त्रिक गणतन्त्रका सृजना गर्न आग्रह गर्नुभयो । खनालले यसो भन्दा छेउमै रहेका गीतकार लामा प्रफुल्ल देखिन्थे ।

पूर्व प्रधानमन्त्री खनालले राणा, पञ्चायत हुँदै राजसंस्थाकै अन्त्य गरी राजनीतिक परिवर्तन तीव्ररुपमा अघि बढेको र अब तीन तहकै निर्वाचन सम्पन्न भएपछि मुलुक आर्थिक समृद्धिमा अघि बढने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गीतकार लामाद्वारा लिखित एक दर्जन भन्दा बढी गीत बिभिन्न कलाकारहरुले प्रस्तुत गरेका थिए । सुप्रसिद्ध गायिक कुन्ति मोक्तानले खुट्टा तान्दै गर, लाली गुराँस अजम्बरी, चोली राम्रो पालपाली, गायक शम्भु राईले चलेछ बतास सुस्तरी, नारायण लामाले च्छो रोल्पा ताल र बादलुको घुम्टोले गीत प्रस्तुत गरेका थिए । चर्चित नृत्यङ्गना पार्वती राई लगायतका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो । सम्मानीत हुनेमा सांसद डा. बाबुराम पोखरेल, साहित्यकार एवम संचारकर्मी डा. नवराज लम्शाल, शिक्षाकर्मी इन्दिरा यक्थु्म्बा, सुर्योदय न.पा.इलामका प्रमुख आर बी राई, समाजसेवी मीरा राई, रविनदास श्रेष्ठ, बलराम हमला, शिक्षा सेवी रामचन्द्र महतो, अल्ट्रा धावक भीमबहादुर गुरुङ हुनुहुन्थ्यो । यस्तै, निजामती सेवा दिवसको उपलक्ष्यमा छवि सुवेदी र रेवतिरमण तिमिल्सिनालाई निजामति सेवा पुरस्कार प्रदान गरियो । लाइभ टाइम अचिभमेन्ट अवार्डबाट मधुशम्शेर जबरालाई सम्मान गरियो ।

कार्यक्रमबाट उठेको रकम रकम सबै खर्च कटाएर समाजिक एवम धार्मिक संघसंस्थालाई प्रदान गरिने लामाले बताउनुभयो । कार्यक्रमबाट उठेको ५१ ह्जार १ सय १ रुपैयाँ भने दक्षिण एशियाली कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको नामा खेलकुद प्रतिष्ठान स्थापनार्थ सहयोग गरिने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed