Breaking News.... EverestOnlineKhabar
June 4, 2026

उत्साहका साथ उम्मेद्वारी दर्ता गर्न निर्वाचन आयोगको आह्वान

Loading

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता उत्साहका साथ गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।

आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले बुधबार स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गर्न सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई आह्वान गरेका हुन् ।

आयोगले बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेको हो । प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवार मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त यादवले ढुक्क भएर उम्मेदवारी दर्ता गर्न सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूलाई आग्रह गरे । उनले उम्मेदवार दर्ता गराउने कार्यमा अवरोध सृजना गरे त्यस्ता अवरोध हटाउन सुरक्षाकर्मीहरूको उचित व्यवस्था गरिएको जानकारी पनि दिए ।
निर्वाचन आयोगले तेस्रो चरणको निर्वाचनका लागि पर्यवेक्षणका लागि ४४ वटा संस्थाका करीब २ हजार भन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश नम्बर २ को निर्वाचनका लागि ३ हजार ५ सय ७८ वटा मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिए । आयोगले मतदान कार्यका लागि सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी खटाएको छ ।

प्रदेश नम्बर २ अन्तरगतको १ सय ३६ वटा स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed