![]()
काठमाडौं । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमबीच अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले उक्त पुष्तकको बिमोचन गर्नुभयो । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ दुवै जनाले ‘मह’ का नामबाट लामो समयदेखि सृजना पस्किरहुन भएको छ ।
कार्यक्रममा लेखक एवम कलाकार श्रेष्ठले ६ बर्ष लगाएर आत्मकथा लेखेको जानकारी दिनुभयो । आत्मकथा लेख्दै गर्दा श्रीमतीलाई क्यान्सर भएकाले ढिलाई भएको उहाँले बताउनुभयो ।
स्वयं आफूलाई पनि पार्किन्सन्स रोगले च्यापेकाले लेख्ने काम निकै कष्टप्रद भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा कलाकार श्रेष्ठले हरिबंश आफनो जीवनको अद्वितीय र असाधारण साथी भएको बताउनुभाये । उहाँले भन्नुभयो ‘मलाई हरिबंश जस्तो असाधारण साथी दिएकोमा उनको बुवा–आमालाई पनि धन्यवाद दिन चाहन्छु ।’
कार्यक्रममा बोल्दै हरिबंशले मदनकृष्णलाई आफ्नो ‘जीवन दाई’ को संज्ञा दिनुभयो ।


