Breaking News.... EverestOnlineKhabar
June 4, 2026

इन्द्रजात्राको भव्यता, राष्ट्रपति भण्डारीद्वारा कुमारीको दर्शन

Loading

काठमाडौं । राष्ट्रपति बिद्या भण्डारीले इन्द्रजात्राको दिन जिवित देवीका रुपमा कुमारीको दर्शन गर्नुभएको छ । इन्द्रजात्राको दिन काठमाडौं बसन्तपुरमा आयोजित विशेष समारोहमा उहाँले कुमारीको दर्शन गर्नुभएको हो ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश गोपाल पराजुली, सरकारका मन्त्री, काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खडकी लगायत बिशिष्ट व्यक्ति उपस्थित हुनुहुन्थ्यो ।

इन्द्रजात्राको तेस्रो तथा महत्त्वपूर्ण दिन राष्ट्रपति भण्डारीको उपस्थितिमा कुमारीको रथयात्रा गरिएको थियो । रथयात्रा र परम्परागत नाचको अवलोकन राष्ट्रप्रमुखले हनुमानढोकाको गद्दी बैठकबाट गर्ने चलन भए पनि भूकम्पका कारण भवनमा क्षति पुगेकोले वसन्तपुर नवआदर्श माध्यमिक विद्यालयको अगाडिको खाली ठाउँमा राष्ट्रपति लगायत विशिष्ट अतिथिहरुलाई राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed