Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पुटिनले ‘उत्तर कोरिया घाँस खान्छ तर आणविक कार्यक्रम रोक्दैन’ भनेपछि अमेरिका झस्कियो

Loading

बिबिसि । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउनुको अर्थ नहुने बताएपछि अमेरिका तर्सिएको छ । उत्तर कोरियामाथि सैन्य कारवाहीको तयारी गरिरहेकाबेला रुसी राष्ट्रपति पुटिनले अमेरिकाको ‘सैन्य हिस्टेरिया’ले विश्वब्यापी संकट आउन सक्ने चेतावनी दिएका हुन ।

ब्रिक्स सम्मेलनका दौरान चीनको सियामेनमा बोल्दै पुटिनल भने, ‘ ‘उत्तर कोरियालीहरु घाँस खाएर बाँच्लान् तर परमाणु कार्यक्रम बन्द गर्दैनन । ’

उत्तर कोरियाको पछिल्लो परमाणु परीक्षणपछि अमेरिकाले संयुक्त राष्ट्रसंघमा थप प्रतिबन्धको प्रस्ताव लैजाने तयारी गरेको थियो । उनले उत्तर कोरियासंगको तनाव कुटनीतिक तवरबाट समाधान गर्नुपर्नेमा जोड दिए । चीनले पनि वार्तामै जोड दिएको छ ।

पुटिनले उत्तर कोरियाको पछिल्लो परिक्षणको भत्सर्ना गरे पनि थप प्रतिबन्धको औचित्य नरहेको बताएका हुन् ।  पुटिनले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाए त्यहाँ मानविय संकट उत्पन्न हुन सक्नेतर्फ सचेत हुनुपर्ने धारणा राखे ।

सोमबार संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले थप कडा प्रतिबन्ध लगाएपछि मात्र कुटनीतिक माध्यमबाट यो समस्या समाधान गर्न सकिने तर्क प्रस्तुत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed