Breaking News.... EverestOnlineKhabar
June 4, 2026

करको दायरा बढाएर राजश्व बढाउने अर्थमन्त्रीको जुक्ति

Loading

काठमाडामैं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबैलाई करको दायरामा ल्याउन मन्त्रालयले तीव्र रुपमा काम गरिरहेको बताउनु भएको छ । आन्तरिक राजस्व विभागद्वारा काठमाडौंमा आयोजित २ दिने व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सबैलाई करको दायरामा ल्याउने गरी काम भैरहेको जानकारी दिनुभयो । सबैलाई करको दायरमा ल्याई सुशासनको माध्यमबाट मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

अर्थमन्त्री कार्कीले सन् २०३० सम्म दीगो आर्थिक विकास हासिल गर्ने लक्ष्यप्राप्ती गर्न राजस्व परिचालनको कामलाई अझै प्रभावकारी बनाउन पनि मातहतका सबै निकायलाई सचेत गराउनुभयो ।

मन्त्री कार्कीले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन निजी क्षेत्र, विकास साझेदार संस्थाहरु, उद्योगी÷व्यवसायी र राजस्व प्रशासनबीच सदृढ सहकार्य र समन्वय हुनुपर्ने आवश्यक्ता पनि औल्याउनुभयो । उहाँले आन्तरिक राजस्व परिचालन गर्दा स्वच्छ, तटस्थ, मितव्ययी र पारदर्शी आर्थिक क्रियाकलापलाई आधार बनाउन पनि मातहतका निकायलाई निर्देशन दिनुभयो ।

गोष्ठीमा राजस्व सचिव शिशिरकुमार ढुंगानाले लक्ष्यभन्दा कम राजस्व संकलन गर्ने विभागलाई कडा कार्वाही गर्ने चेतावनी दिनुभयो । गोष्ठीमा देशभरका राजस्व कार्यालयका प्रमुखहरु सहभागी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed