![]()
महोत्तरी । अन्ततः निकै रस्साकस्सीपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि महोत्तरीका लागि उम्मेदवारको टुंगो लगाउन सफल भएको छ ।
राजपाले जलेश्वर नगरपालिकाको मेयरमा रामशंकर मिश्र, गौशाला नगरपालिकाको प्रमुखमा देवनारायण महतो, मनरासिस्वा नगरपालिकाको प्रमुखमा सञ्जय सिंह, रामगोपालपुर नगरपालिकाको प्रमुखमा रामबाबु मण्डल र भंगहा नगरपालिकाको प्रमुखमा सञ्जीव साहको नाम टुंगो लगाएको छ ।
त्यस्तै, बलवा नगरपालिकाको प्रमुखमा विजय महतो, औरही नगरपालिकाको प्रमुखमा शंकर यादव, मटिहानी नगरपालिकाको प्रमुखमा हरिप्रसाद मण्डल र लोहारपट्टि नगरपालिकाको प्रमुखमा जानकीशरण साहको नाम टुंगो लगाएको छ ।
यस्तै, सोनमा गाउँपालिकाको अध्यक्षमा विश्वेश्वर यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुनिल यादव, पिपरा गाउँपालिकाको अध्यक्षमा विनोद चौधरी, सम्सी गाउँपालिकाको अध्यक्षमा रामबाबु साह र एकडारा गाउँपालिकाको अध्यक्षमा रामछविला साहलाई उम्मेदवारका रुपमा चयन गरिएको छ ।
राजपाले जिल्लाको बर्दिबास नगरपालिकामा नेपाली काँग्रेससँग तालमेल गरी चुनाव लड्ने वातावरण बनिरहेको जनाएको छ ।
दश नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लामा राजपाले १४ स्थानको प्रमुख/अध्यक्षको नाम टुंगो लगाएको हो । उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्ष तथा वडा सदस्यको नाम मंगलवार साँझसम्मा टुंगो लाग्ने जनाइएको छ ।


