Breaking News.... EverestOnlineKhabar
June 4, 2026

नवनिर्वाचित अखिल क्रान्तिकारीका पदाधिकारीद्वारा सपथ ग्रहण, संगठनलाई ‘नमूना संगठन’ बनाउने अध्यक्ष तामाङको प्रतिबद्धता

Loading

काठमाडौं । नवनिर्वाचित अखिल क्रान्तिकारीका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका छन । काठमाडौं राष्ट्रिसभा गृहमा विशेष समारोहकाबीच क्रान्तिकारीका पूर्व अध्यक्ष नरेन्द्र न्यौपानेले नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

समारोहमा पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले लोकतान्त्रिक बिधि अवलम्बन गरी निर्वाचनका माध्यमबाट विजयी भएका सबै बिद्यार्थी नेताहरुलाई बधाई र शुभकामना दिनुभयो । निर्वाचनमा हार र जित सामान्य भएकाले पराजित भएका बिद्यार्थी नेताहरुलाइ निराश नभई संगठनमा एकबद्ध भएर लाग्न आग्रह पनि गर्नुभयो ।

पछिल्लो समय बिद्यार्थी संगठनहरुको साख गिर्दै गएकाबेला अखिल क्रान्तिकारी नयाँ आशा र सम्भावनासहित देखा परेकोमा उहाँले सबैको प्रशंसा समेत गर्नुभयो । बिद्यार्थी हकहीत र शैक्षिक मुद्दाहरुमा बिना सम्झौता अघि बढन उहाँले नयाँ नेतृत्वलाई शुमकामना समेत दिनुभयो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले इतिहासमै पहिलोपटक निर्वाचनका माध्यमबाट नेतृत्व चुनिनु अखिल क्रान्तिकारीको आन्तरिक लोकतन्त्र कस्तो छ भन्ने कुराको प्रमाण भएको दावी गर्नुभयो । उहाँले निर्वाचन अघि आफूले प्रतिबद्धता गरे बमोजिम संगठनलाई नम्बर एक बनाउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । निर्वाचनमा हार जित जे भएको भएपनि संगठनमा त्यसको अशर नपर्ने स्पष्ट पार्नुभयो । उहाँले संगठनको मूल उद्देश्य पूरा गर्न एकताबद्ध भएर अघि बढने बिश्वास समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष तामाङले बिद्यार्थी आन्दोलनका एजेण्डा र जनताका छोराछोरीका सपना पूरा गर्नु नै आफनो पहिलो प्राथमिकता रहेको धारणा राख्नुभयो ।

गत शनिवार सम्पन्न संगठनको २१औं सम्मेलनले तामाङलाई अध्यक्षमा निर्वाचित गरेको थियो । उनका प्रतिस्पर्धी अनिल शर्मा जम्मा २३ मतले पराजित भएका थिए ।

खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम निर्वाचित भएका थिए भने महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वा्िचत भएका थिए ।

एक्काइसौँ राष्ट्रिय सम्मेलनबाट ३३ पदाधिकारीसहित २४३ नयाँ कार्यसमिति चयन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed