Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । भ्रष्टाचारीलाई चुनाव लड्न प्रतिबन्ध लगाउँदै ब्यवस्थापिका संसदले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।

राज्य ब्यवस्था समितिले आफ्नो प्रतिवेदनसहित संसदको सोमबारको दोस्रो बैठकमा प्रस्तुत गरेको विधेयक सामान्य छलफलपछि संसदले बैठकले बहुमतले पारित गरेको हो । संसदले विधेयक पारित गरेसँगै भ्रष्टचारी ठहर भएका व्यक्ति उम्मेद्वार हुन नपाउने भएका छन् । यस्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नो भोटको प्रावधान समेत नहुने भएको छ भने उम्मेद्वारलाई फिर्ता बोलाउन पनि नपाईने भएको छ ।

नेपाल मजदुर किसान पार्टी संसदमा निर्णयार्थ प्रस्तुत भएका दुवै विधेयकको विधेयकको बिपक्षमा उभिएको थियो । त्यसअघि राज्य ब्यवस्था समिति बैठकमा विधेयकमाथि परेका सम्पूर्ण संशोधन प्रस्तावहरु संशोधनकर्ताले फिर्ता लिएपछि बिधेयक पारित भएको थियो ।

सोमबार नै बसेको संसदको पहिलो बैठकले भने राष्ट्रिय सभाका पूर्व सांसद वीरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । २०५६ सालमा एमालेका तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका सिंहको गत भदौ ११ गते ७७ बर्षको उमेरमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed