![]()
काठमाडौं । आपूर्ती मन्त्री शिव कुमार मण्डलले काठमाडौं दरवारमार्गका ४ वटा ब्रान्डेड पसलमा शिलबन्दी गरिएका छन । आकस्मिक बजार अनुगमनमा निस्किएका मन्त्री मण्डलले अत्यधिक नाफा लिने ती पसलमा शिलवन्दी गराएका हुन ।
अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा तथा जुत्ताको शोरुममा छापा मार्नेक्रममा दबारमार्गका नाइक, पुमा, वेन्टली र स्टोर वान ब्राण्डका पसलमा शिल गरिएको हो । ती पसलहरुमा १० गुणाभन्दा बढी नाफा खाएको पाइएको मन्त्री मण्डलले बताउनुभयो ।
ती पसलमा २६ सयको फेन्सी सामान २६ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको अनुगमन टोलीका सदस्यले बताएका छन । दरबारमार्गको नाइकको शोरुममा ४ हजार ७ सयको जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा बिक्री गर्दै गरेको आपूर्ति मन्त्रीसहितको टोलीले फेला पारेको थियो ।
मन्त्री मण्डल नेतृत्वको टोलीले ठमेलस्थित नर्थफेसको शोरुममा पनि छापा मारिएको थियो । त्यहाँ समेत केही कैफियत भेटिएपछि केही दिनभित्रै आवश्यक कागजात आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा बुझाउन निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा मन्त्री मण्डलले उपभोक्ता ठगी गर्नेलाई नछोड्ने प्रतिबद्धता जनाए । अनुगमन टोलीले राजधानीका ७ मुख्य व्यापारिक केन्द्रहरुमा छापा मारेको थियो ।


