Breaking News.... EverestOnlineKhabar
June 4, 2026

स्वास्थ्य मन्त्री पोखरेलले डिस्चार्जहुँदै भने, ‘मौसमी रुघाखोकीबाट आत्तिनु पर्दैन । ’

Loading

काठमाडौं । रुघाखोकी एच् वान एन् वान संक्रमण भएपछि बीर अस्पताल भर्ना भएका स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल आइतबार डिस्चार्ज भएका छन । सुरुमा मन्त्री पोखरेललाई स्वाइन फ्लु भनिएपनि अहिले मौसमी रुघाखोकी भनिएको छ ।

स्वाइन फ्लु भन्दा आम जनतामा त्रास फैलन सक्ने भयले आजभोलि सिजनल फ्लु अर्थात मौसमी रुघाखोकी भन्ने गरिएको छ ।
मन्त्री पोखरेललाई सामान्य ज्वरो आउनुका साथै रुघाखोकी तथा माथिल्लो स्वास्थ्य प्रस्वास प्रणाली सम्बन्धी संक्रमण भएको थियो । उनी पहिलेदेखि नै प्रोस्टेट तथा मधुमेहका विरामी समेत थिए ।

मन्त्री पोखरेल अस्पतालबाट डिस्चार्ज भएपनि केहीदिन घरमै आराम गर्नेछन । उनलाइ चिकित्सकले आरामको सल्लाह दिएका छन ।
अस्पतालबाट डिस्चार्ज हुँदै मन्त्री पोखरेलले एचवानएनवान भाइरस सामान्य मौसमी रुघाखोकी भएकाले यसलाई सामान्य रुपमा लिन आग्रह समेत गरे । उनले भने, ‘अहिले देखिएको मौसमी रुघाखोकी सामान्य भएकोले चिन्तित हुनु पर्दैन । सरल ढङ्गले उपचार गरेमा यो रोग सजिलै निको हुनसक्छ’ ।

मन्त्री पोखरेलले वीर अस्पताल प्रति आफ्नो विश्वास रहेकै कारण आफूले मन्त्री नहुँदा पनि सोही अस्पतालबाट सेवा लिने गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed