![]()
एजेन्सी । बिज्ञान र प्रविधिको विकास पत्याइ नसक्नुको छ । बिज्ञान प्रविधिले एकातर्फ जीवनलाई निकै सहज बनाएको छ भने अर्कोतर्फ यसैको दुरुपयोगले हुनसम्मको दुःख पनि निम्तिरहेको छ ।
आजभोलि इन्स्टाग्राममा फोटो राख्ने एउटा फेशन जस्तै छ । तर, ख्याल गर्नुहोस तपार्ईको इन्स्टाग्राममा कतै ह्याकरको आँखा त लागेको छैन ? अहिले संसारका धेरैजसो सेलिब्रेटीदेखि सर्वसाधारण यसबाट हैरान हुन थालेका छन । इन्स्टाग्राम ह्याक गरेर नाङ्गो फोटो पोष्ट हुन थालेपछि यो चिन्ता छाएको हो ।
सेलेना गोमेजका साढे १२ करोड इन्स्टाग्राम फलोअरहरु थिए । उनीहरु त्यतिबेला छक्क परे जब दुई दिन अगाडि उनको इन्स्टाग्राम अकाउन्टबाट उनको र उनका पूर्व प्रेमी जस्टिन बिबरको नाङ्गो फोटो पोस्ट हुन थाल्यो । वास्तवमा यो काम ह्याकरहरुको थियो त्यो ।
ह्याकरहरुको एउटा समूहले ६० लाख इन्स्टाग्राम अकाउन्ट ह्याक गरी गोप्य जानकारी हात पारेको टेकक्रञ्चले जनाएको छ । उनीहरुले अहिले वेबमा ती जानकारीहरु बिक्रीका लागि राखेका छन् ।
इन्स्टाग्रामले पनि सुरक्षामा कमजोरी रहेको स्वीकार गरेको छ तर कति वटा अकाउन्टको भन्नेबारे केही खुलाएको छैन ।
अब तपाईं चिन्तित होइन, होशियार बन्नुहोस !


