![]()
झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अब आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।
शनिबार झापाको बिर्तामोडमा नेपाली कांग्रेस झापाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलालेस्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो भएपनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने दावी गर्नुभयो । स्थानीय तहको निर्वाचनमा जनतालाई कांग्रेसले गरेको संघर्ष तथा देशको विकास गर्ने पार्टी भनेको कांग्रेस हो भन्ने बुझाउन नसक्दा दोस्रो हुनु परेको उहाँले बताउनुभयो । अब प्रदेश नम्बर २ मा हुने निर्वाचनमा समेत कांग्रेस पहिलो दावी उहाँले गर्नुभयो ।
सिटौलाले भन्नुभयो,‘ देशमा आएका हरेक परिर्वतनहरुमा कांग्रेसले धेरै भूमिका खेलेको छ । देशको विकास गर्ने पुरानो पार्टी भनेकै कांग्रेस मात्र हो ।’
कांग्रेसले गरीब जनताको घरमा पुगेर दुःखमा साथ दिने पार्टी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनतालाई दाुखमा साथ दिन हामी गरिब जनताको घर–घरमा जान्छौँ।’


