Breaking News.... EverestOnlineKhabar
June 19, 2026

फेसबुकबाट लाखौं ठग्ने महिला प्रहरीको फन्दामा

Loading

काठमाडौं । फेसबुकमार्फत ठगी गर्ने सोलुखुम्बुकी एक युवती पक्राउ परेकी छन् । विदेशी गिरोहसँग मिली दर्जनौं नेपालीलाई ठग्न पल्केकी ३३ बर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

शेर्मा हाल काठमाडौं बौद्धमा बस्दै आएकी थिइन । शेर्पालगायतका व्यक्तिले विदेशबाट महँगो पार्सल पठाएको भन्दै फोन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिने भन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।

हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ । शेर्पा सहकारीमा पनि कार्यरत रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed