Breaking News.... EverestOnlineKhabar
June 19, 2026

फ्रान्सद्वारा नेदरल्याण्ड्स पराजित, एउटै म्याचमा बेल्जियमका दुई खेलाडीको ह्याट्रिक

Loading

बिबिसि । विश्वकप छनौट फुटबलअन्तर्गत फ्रान्सले नेदरल्याण्ड्सलाई ४–० ले हराएको छ । फ्रान्सका थोमस लेमारले दुई गोल गरे भने एन्टोनियो ग्रेजम्यान र किलियन एम्बाप्पेले १–१ गोल गरेका थिए ।

यही समूहका अरु खेलमा बुल्गेरियाले स्विडेनलाई ३–२ ले हराउँदा लम्जेम्बर्गले बेलारुसलाई १–० ले पाखा लगायो । समूह ‘बी’को खेलमा पोर्चुगलले फारो आईल्याण्डलाई ५–१ ले पराजित गर्दा हंगेरीले लात्भियालाई ३–१ ले तथा स्विटजरल्याण्डले एण्डोरालाई ३–० ले पराजित गरे ।

समूह ‘एच’का खेलहरुमा बेल्जियम र साईप्रस विजयी भएका छन् । बेल्जियमले जिब्रल्टारलाई ९–० ले पराजित ग¥यो । बेल्जियमका लागि रोमेलु लुकाक र थोमस मुनियरले ह्याट्रिक गर्दा एक्सल विट्सलले २ तथा एडिन हाजार्डले १ गोल गरे ।

यही समूहको अर्को खेलमा साईप्रसले बोस्निया हर्जगोभिनालाई ३÷२ ले पराजित गर्दा ग्रिस र ईस्टोनियाले गोलरहित बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed