Breaking News.... EverestOnlineKhabar
June 19, 2026

दुई सदस्य थपिएसंगै संवैधानिक इजलासलाई पूर्णता

Loading

काठमाडौं । न्याय परिषदले दुई सदस्य थप्दै संवैधानिक इजलासलाई पूर्णता दिएको छ । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको अवकाशपछि रिक्त रहेको दुई स्थानमा सदस्य सिफरिस गरिएको हो । सिफारिससँगै इजलास गठनको बाटो खुलेको छ ।

रिक्त स्थानमा परिषदको बैठकले न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र दीपककुमार कार्कीलाई इजलास सदस्यमा सिफारिस गरेको हो ।
तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अवकाश पाएपछि झण्डै एक वर्षसम्म इजलास गठन भएको थिएन । एक वर्षपछि गत वैशाख १४ गते इजलासमा दुई सदस्य सिफारिस गरी पूर्णता दिइए पनि इजलास बस्न सकेन ।

यसअघि लामो समयसम्म इजलास गठन नभएपछि चैत १० मा सर्वोच्चले इजलास गठनका लागि परमादेश आदेश नै जारी गरेको थियो ।
अब संवैधानिक इजलासको अध्यक्षमा प्रधानन्यायाधीश गोपाल पराजुली रहनेछन् । अन्य चार सदस्यमा वरिष्ठतम न्यायाधशि दीपकराज जोशी, तथा न्यायाधीशहरु चोलेन्द्रशमशेर जबरा, ओमप्रकाश मिश्र र दीपककुमार कार्की रहेनछन् ।

इजलासलाई संविधानको अन्तिम व्याख्या गर्ने क्षेत्रधिकार तोकिएको छ । इजलास गठन नहुँदा संवैधानिक प्रकृतिका मुद्दा समेत अन्य नियमित इजलासमा हेरिँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed