Breaking News.... EverestOnlineKhabar
June 19, 2026

पूर्व प्रधानमन्त्री प्रचण्डद्वारा रौतहटका एक हजार परिवारलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्यान्न बितरण

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटको गरुडामा १००० बाढी पीडित परिवारलाई ग्यास सिलिण्डर, चुल्हो, खाद्यान्न लगायतका राहत सामग्री बितरण गर्नुभएको छ । शहरी विकास मन्त्री प्रभू साहको उपस्थितिमा अध्यक्ष प्रचण्डले राहत सामग्री बितरण गर्नुभएको हो ।

राहत बितरण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले बाढी प्रभावित सबै जिल्लामा राहत र पूनस्र्थापनाको अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले बाढी पीडितका समस्या सम्बोधन गर्न नेपाल सरकार र माओवादी केन्द्रले विशेष पहल गर्ने आश्वासन दिनुभयो । उहाँले बाढी पीडित क्षेत्रको अवलोकनपछि पीडितहरुसँग अन्तरक्रिया पनि गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed