![]()
कञ्चनपुर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताउनु भएको छ ।
शुक्रवार बिहान कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले गरेको पत्रकारसम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनबारे सबै राजनीतिक दलसंग सल्लाह भइरहेको जानकारी दिनुभयो ।
स्थानीय निर्वाचनसंगै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढने र संघीय गणतन्त्र पनि संस्थागत हुने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमण सफल रहेको दावी गर्नुभयो । उहाँले पञ्चेश्वर परियोजना अगाडि बढनु्कासाथै दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, प्रदेश नं ७ मा प्राविधिक शिक्षालय स्थापना, महाकाली नदीमा दार्चुलाको जोलजिवी र डडेल्धुराको परशुराममा पक्की पुल र तटबन्ध निर्माण हुने जानकारी दिनुभयो ।
बिहीबार महाकाली नदीको चार लेनको पक्की पुल शिलान्यास गर्न प्रधानमन्त्री देउवा कञ्चनपुर पुग्नुभएको थियो ।


