Breaking News.... EverestOnlineKhabar
April 19, 2026

सर्वोच्चले सिलवालको मुद्दाको फैसला भदौ २७ गते सुनाउने

Loading

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले भदौ २७ गते फैसला सुनाउने भएको छ ।
बहुप्रतिक्षित मुद्दाको फैसला बिहीबार हुने अनुमान गरिएपनि फैसला सुनाउने मिति भदौ २७ गतेका लागि तोकिएको छ ।

बिहीबार सरकारी वकिलका तर्फबाट बाँकी बहस भएको थियो । निवेदक नवराज सिलवालका तर्फबाट संक्षिप्त जवाफ फर्काउने काम सकिएपछि अब फैसला सुनाउन मात्र बाँकी छ । सिलवालकातर्फबाट बिहीबार शम्भु थापा र टिकाराम भट्टराईले जवाफ फर्काएका थिए ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय बृहत् पूर्ण इजलास न्यायाधीशहरु (ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खडका, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी) ले सिलवालको मुद्दा हेरिरहेको छ ।

सरकारले जयबहादुर चन्दलाई आइजिपी बनाउन गरेको निर्णय बदर गर्दै पहिलो पटक चैत ८ गते सर्वोच्चले कार्यसम्पादन मूल्याङ्कन र वरिष्ठतामा डिआइजी नवराज सिलवाल अगाडि रहेको भन्दै पुनः नियुक्ति प्रक्रिया अघि बढाउन आदेश गरेको थियो ।

तर, आदेशविपरीत सरकारले चैत २८ गते आइजिपीमा प्रकाश अर्याललाई नियुक्ति गरेको भन्दै सिलवाल पुनः सर्वोच्च पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed