![]()
काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा प्रिपेड सिम निःशुल्क वितरण गर्न थालेको छ ।
टेलिकमले २३ वटा जिल्लाहरु (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) मा ५० रुपैयाँको टक भ्यालू (Talk Value) सहितको जिएसएम प्रिपेड सिम कार्ड र सिम कार्डबाट कम्पनीको नेटवर्क भित्र (On-Net) थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा सहितको सिम निःशुल्क वितरण गरिरहेको हो ।
टेलिकमले बाढी प्रभावित क्षेत्रका ग्राहकहरुले आफूले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सो को सट्टा अर्को सिम कार्ड निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराएको हो । यो सुविधा यहि भदौ १२ गते देखि २६ गतेसम्म उपलब्ध हुनेछ ।


