![]()
काठमाडौं । एकपछि अर्को गर्दै पार्टीका प्रभावशाली नेता पाटी फुटाउँदै गएपछि शक्तिहीन बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पुनः जुर्मुराउनु भएको छ । जसले छोडेर गएपनि पार्टीको मुल सिद्धान्त र नीति यथावत रहेको सन्देशसहित नयाँ शक्ति पार्र्टी आज सडकमा ओर्लिदै छ ।
नयाँ शक्ति पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा दवाव दिन काठमार्डौंमा दुई घण्टे धर्ना दिने भएको छ । सो पार्टीको ‘राजनीतिक–सामाजिक अभियान परिचालन समिति’ले मंगलबार माइतीघर मण्डलामा बेलुका ४ बजेदेखि ६ बजेसम्म धर्ना दिन लागेको हो ।
यस्तै, विदेशमा बस्ने नेपालीहरुले त्यहीँबाटै मत हाल्न पाउने व्यवस्था मिलाउन दवाव दिन पनि धर्ना कार्यक्रम आयोजना गरिएको नयाँ शक्तिले जनाएको छ ।


