![]()
काठमाडौं । यहि भदौ १५, १६ र १७ गते पशुपतिनाथ मन्दिर परिसरमा अन्तर्राष्ट्रिय सनातन हिन्दु सम्मेलन हुने भएको छ । सनातन संस्कृति समाज नेपालले पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो ।
सम्मेलनको अघिल्लो दिन अर्थात भोलि १४ गते राजधानीको भृकुटीमण्डपबाट मोटरसाईकल ¥याली निकालिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा सनातन संस्कृति समाजका संयोजक हरिबोल भट्टराईले नेपाललाई जसरी पनि सनातन हिन्दुराज्य घोषणा गर्ने अठोट ब्यक्त गरे । उनले भने, ‘नेपाल हिन्हुराज्य बन्नेमा शंका छैन, जनता हिन्दुराज्यको पक्षमा छन, आगामी निर्वाचनमा कांग्रेसले सनातन हिन्दुराज्यको एजेण्डा अघि बढाए जनताले बहुमत दिन्छन् ।’ संयोजक भट्टराईले यो सम्मेलनले सबै राजनीतिक दललाई हिन्दुराज्यको पक्षमा उभिन बाध्य पार्ने दावि गरे ।
विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन बास्तोलाले नेपाललाई सनतान हिन्दुहरुको आस्थाको केन्द्र भएकोले यसलाई कायम राख्न सबै एक जुट भएर अभियान चलाउनु पर्ने धारणा राख्नुभयो ।
सम्मेलनमा बिभिन्न देशका हिन्दू धर्मका गुरु सहभागी हुने बताइएको छ ।


