Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

सप्तरी । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणको स्थानीय तह निर्वाचनमा आफनो पार्टी पहिलो हुने दावी गर्नुभएको छ । सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अशोज २ गते दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभयो ।

आफनो पार्टीलाई तराई मधेशका जनताले असाध्यै माया गर्ने भएकाले माओवादी केन्द्र पहिलो पार्टी बन्ने स्पष्ट भएको उहाँले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले प्रदेश नम्बर २ मा १ नम्बर पार्टी बन्न बल गर्दैछौं, तपाईहरुले पनि बल गर्नुभयो भन्ने हामीलाई १ नम्बर बन्नबाट कसैले रोक्न सक्दैन । ’

माओवादी केन्द्रका कारण देशको एकता र समृद्धि सम्भव भएको उल्लेख गर्दै उहाँले माओवादीले विगार्न र भत्काउन मात्र सिपालु छ भन्नेलाई आफ्नो नेतृत्वको अघिल्लो सरकारले १० महिनामा त्यो भ्रमलाई पूरै गलत सावित गरेको दावी गर्नुभयो ।

समारोहमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र रामहादुर थापा लगायतको पनि सहभागिता थियो । माओवादीले दुइ नम्बर प्रदेशको निर्वाचनलाइ मध्यनजर गरेर तराईमा चुनावी अभियान तीव्र पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed