![]()
काठमाडौं । सञ्चारिका समूहले चार जना महिला संचारकर्मीलाई संचारिका पुरस्कार प्रदान गरेको छ । समूहको २१औं वार्षिक साधारणसभाको अवसर पारेर क्रियाशिल महिला पत्रकारहरुलाई पुरस्कार बितरण गरिएको हो ।
यसरी पुरस्कृत हुनेमा संचारकर्मी रुमु न्यौपाने, श्रृजना श्रेष्ठ, रेणु चौधरी र निरासी थामी रहेका छन् । नेपाल पत्रकार महासंघका नवनिर्वा्चित सभापति गोविन्द आचार्यले एक समारोहमाबीच पुरस्कार प्रदान गर्नुभयो ।
पुरस्कार छनोट पत्रकार महासंघका निवर्तमान अध्यक्ष महेन्द्र विष्ट, कसमस विश्वकर्मा तथा सञ्चारिका समूहले गरेका थिए ।


