![]()
एजेन्सी,१२ भदौ ।
भारतले सीमा क्षेत्र दोक्लाममा विवाद बढ्दै जानुमा चीन जिम्मेवार रहेको आरोप लगाएको छ । भारतीय सेनाका प्रमुख जनरल बिपिन रावतले भारत, भुटान र चीनको सीमा क्षेत्र दोक्लाममा विवाद बढ्नुमा चीन दोषी रहेको आरोप लगाएका हुन् । उनले चीनले यथास्थितिलाई बदल्न खोज्दा अहिलेको परिस्थिति आएको टिप्पणी गरे ।
उनले दोक्लाममा अझै तनाव बढ्ने संकेत पनि गरे । चीनले आफ्नो सैन्य सुरक्षाको दबदबा बढाउन लगातार प्रयास गरिरहेको सेना प्रमुखकको आरोप छ ।


