Breaking News.... EverestOnlineKhabar
June 19, 2026

प्रधानमन्त्रीको भारत भ्रमण पूर्ण सफल, दुइ देशीय सम्बन्ध अझै सुदृढ : कांग्रेस

Loading

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने भारत भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ । काँग्रेस कार्यबहाक सभापति विमलेन्द्र निधिले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री देउवाको भारत भ्रमण अत्यन्तै सफल भएको पार्टी निष्कर्ष सुनाउनु भएको हो ।

कार्यवाहक सभापति निधिले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध अझै सुदृढ बनेको दावी गर्नुभयो । उहाँले संविधानको सर्वस्वीकार्यता बढाउने गरी प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्ति औचित्यपूर्ण, अत्यन्तै परिपक्व र सार्थक पहल भएको टिप्पणी समेत गर्नुभयो । यसअघि नेकपा एमाले लगायतका दलहरुले संविधान संशोधनको विषय भारतमा उठाएको भन्दै कडा आलोचना गरेका थिए ।

काँग्रेस कार्यबहाक सभापति निधिले एमाले अध्यक्ष केपी ओलीको चीन भ्रमण र वरिष्ठ नेता माधव नेपालको उत्तर कोरिया भ्रमण आपत्तिजनक रहेको आरोप पनि लगाउनुभयो । ओलीले चीन भ्रमणको बेला संघीयताको विरोधमा चिनियाँ नेताहरुसँग छलफल गरेर नेपालको शीर निह¥याएको आरोप लगाउनुभयो । यस्तै, माधव नेपालले सरकारको अनुमति विना नै उतर कोरियाको भ्रमण गरेको भन्दै निधिले आपत्ती जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed