Breaking News.... EverestOnlineKhabar
June 19, 2026

नेपाल चिकित्सक संघद्वारा आन्दोलन घोषणा, काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गर्न माग

Loading

काठमाडौं । नेपाल चिकित्सक संघले काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने त्रिविको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

शनिवार बसेको संघको केन्द्रीय कार्यकारिणी समिति बैठकले आन्दोलन घोषणा गरेको हो । सरकार र संघबीच भएको सम्झौता विपरित कलेजलाई विवादास्पद सम्बन्धन दिएको संघको आरोप छ ।

संघले विज्ञप्ति जारी गर्दै पहिलो चरणमा प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री त्रिभुवन विश्व विद्यालय, नेपाल मेडिकल काउन्सिल लगायतका सरोकारवाला निकायहरुलाई ज्ञापन पत्र बुझाउने, शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)आबद्ध संघ संस्थाहरुसँग आवश्यक छलफल गर्ने, देशभरका सम्पूर्ण सरकारी, निजी तथा प्राइभेट स्वास्थ्य संस्थामा कालोपट्टि बाँधी नियमित कार्य गर्ने जनाएको छ ।

शान्तिपूर्ण तवरबाट संचालित आन्दोलनलाई बेवास्ता गरे बन्द लगायतका कार्यक्रमको घोषणा गर्न बाध्य हुने चेतावनी पनि संघले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed