![]()
बिबिसि । संयुक्त राष्ट्रसंघ र अमेरिकाको प्रतिबन्ध तथा पटक–पटकको चेतावनीका बावजुत उत्तर कोरियाले पुनः तीनवटा मिसायल परीक्षण गरेको छ ।
अमेरिकी सेनाले र उत्तर कोरियाले ३ वटा छोटो दुरीका ब्यालेष्टिक मिसाइल प्रक्षेपण गरेको दावी गरेको छ । दक्षिण कोरियाको ग्यांगवोन प्रान्त आसपासबाट उत्तरले ती क्षेप्यास्त्र प्रक्षेपण गरेको बिबिसिले जनाएको छ ।
उत्तर कोरियाले पछिल्लो एक महिनामा आफ्नो मिसाइल परीक्षण कार्यक्रमलाई तीव्रता दिएको छ । अन्तरमहादेशिय ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गरेसंगै उत्तरले प्रशांत महासागरस्थित अमेरिकी क्षेत्र गुआम द्विपमा हमला गर्ने धम्की दिएको थियो । यो धम्कीसंगै अमेरिका र उत्तरबीच शीत युद्ध शुरु भएको छ ।


