Breaking News.... EverestOnlineKhabar
June 19, 2026

फिल्मको नक्कल गर्दै यी १० वर्षका बालकले यसरी बचाए भाइको ज्यान

Loading

एजेन्सी,९ भदौ ।
अमेरिकाको मिचिगनका एक १० वर्षका बालकले चलचित्रमा हेरेको दृश्यको नक्कल गर्दै आफ्नो भाइको ज्यान बचाएका छन् । ज्याकोब आकोनरले आफ्ना दुई वर्षका भाइ डाइलन स्विमिङ पूलमा डुब्दै गरेको देखेपछि ड्वाइन जोनसन अथार्त द रकको चलचित्र सान एन्द्रियाजको दृश्यको नक्कल गर्दै बचाएका हुन् । यो घटनाको बारेमा थाहा पाएपछि जोनसन अर्थात द रकले ट्वीट गर्दै ज्याकोबको प्रशंसा गरेका छन् ।
ज्याकोबले अभिभावकलाई बोलाउनुको साटो आफूले हेरेको जोनसनको चलचित्रको दृश्य सम्झेर भाइलाई बचाउन आफै तम्सिए । ज्याकोबकी आमा क्रिस्टा ओकोनरले आफ्ना छोराप्रति गर्व महशुश भएको बिबिसीसँग बताइन् । उनले ज्याकोबको प्रशंसाका लागि आफूसँग शब्द नै नभएको बताए । घटना भएको बेला क्रिस्टा अफिस गएकी थिइन् । ज्याकोब आफ्नी हजुरआमा र दुइ भाइ गेविन र डाइलसँग घरमै थिए । डाइलन गार्डेनमा खेल्ने क्रममा स्विमिङ पूलमा खसेका थिए ।
भाइलाई डुब्दै गरेको देखेपछि ज्याकोब कुद्दै गएर भाइलाई बाहिर निकालेका थिए । त्यसपछि उनले भाइको छातीमा हातले दबाउन लागे, जुन उनले जोनसनको चलचित्रमा देखेर सिकेका थिए ।
ज्याकोबले शुरुमा भाइ डुब्दै गरेको देखेपछि आफूलाई डर लागेको बताए । तर आफ्नो मन पर्ने चलचित्रको दृश्य सम्झिए अनि स्विमिङ पूलमा हाम फाले । उनले चलचित्रमा भूकम्पपछि आएको सुनामीपछि एक युवती डुबेपछि उद्धार गरिएको दृश्य आफूले सम्झेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed