![]()
पर्सा । पूर्व युवराज्ञी हिमानी शाहले बारा पर्साका बाढी पीडितहरूलाई राहत वितरण गर्नुभएको छ । शाहले हिमानी ट्रष्टको नामबाट पीडितहरुलाइ राहत बितरण गर्नुभएको हो । छोरा हृदयेन्द्र विक्रम शाह र छोरी कृतिका शाहसँग वीरगन्ज पुग्नु भएकी शाहले बारा र पर्साका ५ सय बाढीपीडित परिवारलाई राहत वितरण गर्नुभएको हो ।
पर्साको पोखरीयास्थित जिल्ला उच्चाड्डल रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयोजित राहत वितरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा शाहसहित छोरी कृतिका र छोरा हृदयेन्द्र शाहले पनि राहत वितरण गर्नुभएको थियो ।

जिल्ला दैवी प्रकोप उद्दार समिति बारा र पर्साको समन्वयमा ५ सय पीडित परिवारलाई चामल, दाल, चिउरा, बिस्कुट र एक त्रिपाल राहत स्वरुप वितरण गरिएको थियो । पर्सा जिल्लामा बाढीबाट प्रभावित पोखरीया तथा निचुटा लगायत गाउँका २ सय ५० बाढी पीडित परिवार र बाराको भलुहीस्थितका २ सय ५० बाढीपीडित परिवारलाई राहत वितरण गरिएको हो ।
गत हप्ता तराई मधेशमा बाढी र डुबानले सयौं परिवारको बिचल्ली भएको थियो ।


